सिटिजन्स बैंक र अजा डायनास्टी प्रालिबीच समझदारी

आइतबार, ७ जेठ, २०८०
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल र अजा डायनास्टीबीच समझदारी भएको छ । सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले अजा डायनास्टीमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

See More On

सुझावित समाचार