नेपाल सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। नीति तथा कार्यक्रममा समेटिएका मुख्य–मुख्य बुँदाहरू यसप्रकार छन्ः
–मानव विकास सूचकांकमा पछि परेको क्षेत्रलाई विशेष प्राथमिकतामा राखी स्रोत–साधन वितरण गरिने
– राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने, विद्यमान कर प्रणालीमा पुनरावलोकन गरिने, राजस्वको दायरा विस्तार गरिने, सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आबद्ध गरिने
– पुँजीबजारको विकास र विस्तारका लागि संरचनागत सुधार गरिने, पुँजीबजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गरिने
– देशभर बिमाको पहुँच विस्तार गरिने, न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबिमा गराउन सहजीकरण गरिने
–राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गरी नीति, योजना तथा अनुगमनको केन्द्रीय निकायको रूपमा विकास गरिने, नीति अनुसन्धानमा रहेको संस्थागत दोहोरोपना हटाइने
–रासायनिक मल समयमै उपलब्ध गराइने, रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न बहुवर्षीय योजना तयार गरी कार्यान्वयनमा ल्याइने
– नवप्रवर्तनमा आधारित उद्यम व्यवसायलाई प्रोत्साहित गरिने
–हिउँदमा ३० युनिट र वर्षायाममा ५० युनिटसम्म बिजुली खपत गर्नेले निःशुल्क पाउने
–निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने घोषणा
–देशका प्रमुख सहरहरूमा भूमिगत विद्युत् वितरण प्रणालीलाई विस्तार गरिने
–२० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोगको प्रबन्ध मिलाइने
–स्वदेशी उत्पादन प्रवर्द्धन गर्न ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियान चलाइने
–पाँच वर्षभित्र पाँच लाख रोजगारी सिर्जना गरिने
–दुई वर्षभित्र सबै घरधुरीमा बिजुली पुर्याइने
–हरेक स्थानीय तहमा कम्तीमा एक विद्यालयलाई स्मार्ट विद्यालय बनाई प्रविधिको माध्यमबाट पठनपाठन हुने व्यवस्था मिलाइने
–बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइने, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवन स्तरोन्नति गरिने
–हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने
–२०८० को दशकलाई नेपाल भ्रमण दशक घोषणा, सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाइने
–नेपाल वायुसेवा निगम (नेवानि)को पुनर्संरचना गरिने
– नयाँ हिमाल आरोहणका लागि खुला गरिने
–पेट्रोलियम गाडीलाई विद्युतीय बनाउने प्रविधिमा सहुलियत दिइने
–उद्योगलाई उपलब्ध गराइने जग्गाको हदबन्दी पुनरावलोकन गरिने, औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन कूटनीतिक नियोग प्रयोग गरिने
–लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योगहरू सञ्चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन समिति गठन गरिने,
–पुनः सञ्चालनको सम्भावना रहेका हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चलनमा ल्याइने। हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन अध्ययन गरिने
–पर्यावरणमा असर नपर्ने गरी ढुंगा, गिटी, बालुवा निर्यातका लागि अध्ययन गरिने
–तिलगंगा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्वबजारमा ब्रान्डिङ गरिने
–अस्वस्थ र ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने नीति लिइने
–नदी किनारमा रहेका भूमि–आवासविहीनलाई स्थानान्तरण गरिने
–सडक, रेल, जलमार्ग, हवाई क्षेत्र समेट्ने गरी एकीकृत राष्ट्रिय गुरुयोजना तयार गर्ने घोषणा
–तयारी पूरा भएका परियोजनालाई मात्रै बजेट दिइने
–उस्तै प्रकृतिका सरकारी कम्पनी मर्जरमा जोड दिइने
–आवास तथा बस्ती विकासमा तीन तहका सरकारको भूमिका स्पष्ट हुने गरी मौजुदा नीति तथा कानुनमा परिमार्जन गरिने
–मध्यपहाडी लोकमार्ग आसपासका दशवटा नयाँ सहरलाई पहिचानयुक्त सहरको रूपमा विकास गरिने
–काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न भूभागका ठूला सहरको फोहाेरमैलाको दिगो र निर्वाध व्यवस्थापनका लागि नीतिगत र संस्थागत प्रबन्ध गरिने
–जलवायु परिवर्तनका असर र प्रभावलाई सामना गर्न उत्थानशीलता वृद्धि गरिने
–बहुतले भवनमा हुन सक्ने आगलागी, वन डढेलोलगायतका घटना नियन्त्रणका लागि उपयुक्त आधुनिक उपकरणको व्यवस्था गरिने
–महिला तथा किशोरीविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र शोषणको अन्त्य गरिने, सबैखाले बालश्रम शोषणको अन्त्य गरिने
–सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनर्संरचना गरी आयुर्वेदिक औषिधको उत्पादन र उपलब्धता वृद्धि गरिने
–युवा र उद्यमशीलतासँग सम्बन्धित कोषहरूलाई एकीकरण गरिने
–मर्यादित श्रमसहितको रोजगारीको सुनिश्चितता गरिनेछ, श्रमिकको हक अधिकार र न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने
– युवासँग सरकार, हुनेछैनन् बेरोजगार अभियानअन्तर्गत आगामी दुई वर्षभित्र पाँच लाख थप आन्तरिक रोजगारी सिर्जना गरिने
– तीन वर्षभित्र जग्गाधनी प्रमाणपुर्जा, बैंक खाता, स्थायी लेखा नम्बर र सवारीचालक अनुमतिपत्र जारी गर्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नुपर्ने