सरकारले आगामी दुई वर्षभित्र पाँच लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदमा आगामी आ.व. ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्। यसका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सीप विकास कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।