२० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले आगामी बजेटमार्फत स्वदेशी वस्तु उत्पादनको नीति लिने भएको छ। संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले २० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने सरकारले नीति लिएको बताए।

‘उद्योगमा निर्वाध विद्युत् प्रवाह गरिनेछ। स्वदेशी वस्तु प्रयोग गर्नका लागि ‘मेक इन नेपाल र मेड इन नेपाल’लाई सहयोग गरिनेछ,’ उनले भने, ‘तिलगंगा आँखा हस्पिटलबाट उत्पादित लेन्स विश्वबजारमा प्रवर्द्धन गरिनेछ।’

सुझावित समाचार