पेट्रोलियम गाडीलाई विद्युतीय बनाउने प्रविधिमा सहुलियत दिइने

सरकारको नीति तथा कार्यक्रम

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने प्रविधिलाई सहुलियत दिने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो बताएका हुन् । 

आगामी आर्थिक वर्ष ०८०–८१ को नीति तथा कार्यक्रममा त्यस्तो प्रविधि ल्याउने कम्पनीलाई आवश्यक सहुलियत दिइने उल्लेख छ । 

हालै निजी क्षेत्रले सरकारसँग त्यस्तो सहुलियतको माग गरेको थियो । 

सुझावित समाचार