कामना सेवा विकास बैंक र अरोगिन हेल्थ केयरबीच छुटसम्बन्धी सम्झौता

बुधबार, ३ जेठ, २०८०
डिजिटल संस्करण

कामना सेवा विकास बैंक र अरोगिन हेल्थ केयर एन्ड रिसर्चबीच सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले, विशालनगरस्थित अरोगिन हेल्थ केयर एन्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिटमेन्टमा ४५ प्रतिशतसम्मको छुट पाउने बताइएको छ । 

यस्तै, स्किन केयरमा ३०, डेन्टल केयरमा २०, डे केयरमा १५, फिजियोथेरापीमा पाँच र ल्याब सेवामा २५ प्रतिशतसम्मका आकर्षक छुट प्राप्त गर्ने बैंकले जनाएको छ । बैंकसँग आबद्धताका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ । यो सम्झौताबाट ग्राहकले विशेष लाभ लिने बैंकको विश्वास छ ।

सुझावित समाचार