सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ : स्वर्णिम वाग्ले

मंगलबार, २ जेठ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताएका छन्।

मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लेले सरकारले निजी क्षेत्रमैत्री नीति लिए मात्रै आर्थिक समृद्धि हुने बताए। निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने उनको धारणा छ।

‘निजी क्षेत्रमैत्री नेपाल सरकार बन्नुपर्छ। निजी क्षेत्रलाई सम्भावनाका अनुरूप के–के गर्नुपर्छ त्यसमा बहस गरौँ। निजी क्षेत्रले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी जति समृद्ध हुन्छ, कल्याणकारी राज्यलाई धान्न सकिनेछ। त्यसरी युवा उद्योगीहरूले गर्ने हो । त्यसबाट आएको अंश हामीले देश निर्माणमा लगाउने हो । निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने हो। सरल सिद्धान्तबाट हामी जानुपर्छ,’ उनले भने।

डेमोग्राफिक प्रोजेक्सनअनुसार सन् २०२८ एजिङ सोसाइटीमा जाने उल्लेख गर्दै डा. वाग्लेले अबको पाँच वर्ष धैर्य गर्ने समय नहुने भएकाले युवाहरूलाई उद्यमशीलमार्फत देश निर्माणमा लगाउनुपर्नेमा जोड दिए।

सुझावित समाचार