बेलाको ब्रान्डका इलेक्ट्रोनिक्स सामान बजारमा

मंगलबार, २ जेठ, २०८०
डिजिटल संस्करण

बेलायती ब्रान्डको बेलाको होम एप्लाइन्सेजको उत्पादन नेपाली बजारमा आएको छ । आइकेबिएच ग्रुप प्रालिअन्तर्गतको इलेक्ट्रोनिक्स डिभिजनले बेलाको ब्रान्डको होम एप्लाइन्सेज नेपाली बजारमा भित्र्याएको हो । यो ब्रान्डका सामग्री तथा उपकरणहरू बेलायत, कतार र नेपालमा उपलब्ध हुँदै आइरहेको कम्पनीले जनाएको छ । आगामी दिनमा अन्य देशमा बजार विस्तार गर्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ । 

आफ्ना उत्पादनको गुणस्तरमा कुनै सम्झौता नगरेका कारण ग्राहकको रोजाइ बन्दै गएको कम्पनीले जनाएको छ । कम्पनीले बेलाको उपभोक्ता र व्यावसायिक दुवै क्षेत्रमा आफ्नो सशक्त उपस्थिति बनाउन केन्द्रित हुँदै आइरहेको उल्लेख गरेको छ । आइकेबिएच ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका युवा संयोजक अब्दुल बसिदले बेलाको होम एप्लाइसेन्ज बेलायती चर्चित ब्रान्डको इलेक्ट्रोनिक्स सामान नेपाली उपभोक्ताले प्रयोग गर्न पाउनु सुखद रहेको बताए ।

लक्ष्य निर्धारण गरेर मात्र अघि बढ्नुपर्ने भन्दै उनले विदेशमा बसेर नेपाललाई केही योगदान गर्ने लक्ष्यअनुसार बेलाको ब्रान्ड नेपालमा भिœयाएको उल्लेख गरे । साथै कम्पनीले नेपालमा आफ्ना उत्पादन बिक्री सुरु गरेको अवसरमा विभिन्न उपहार योजनाहरू पनि ल्याएको जनाएको छ । जसअन्तर्गत बेलाको एउटा बिग होम अप्लाइन्सेजअन्तर्गतका सामान किन्दा अर्को सित्तैमा पाइने जनाइएको छ । योजना जेठ ७ गतेसम्म मात्र लागू हुने कम्पनीको भनाइ छ । 

बेलाको ब्राण्डका लागि नेपालका कन्ट्री हेड लक्ष्मण सापकोटाले उपभोक्तालाई बिक्रीपछिको सेवा प्रदान गर्नका लागि देशभर सर्भिस सेन्टर स्थापना गरिसकेको बताए । आफ्ना उत्पादनमा सामानअनुसारको फरक–फरक वारेन्टी भएको उनको भनाइ छ । सापकोटाले भने, ‘बेलाको ब्रान्डमा सामानअनुसार न्यूनतम एक वर्षदेखि अधिकतम १५ वर्षसम्म वारेन्टी रहेको छ ।’

सुझावित समाचार