स्रोत नखुलेको नौ लाख भारतीय रुपैयाँसहित धनगढीमा दुईजना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ सहिद गेटबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदका अनुसार पक्राउ पर्नेमा धनगढी–१० जुगेडा घर भएका २८ वर्षीय विजय राना र अक्षय राना रहेका छन्। मोटरसाइकलमा सवार उनीहरूको झोलामा चेकजाँचका क्रममा प्रतिबन्धित पाँच सय र एक हजारका भारतीय नोटसहित नौ लाख भारु फेला परेको प्रहरी निरीक्षक साउदले जानकारी दिए।
दुवैजनाको साथबाट ४१ हजार नेपाली रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका दुवैजनालाई थप कारबाहीका लागि राजस्व अनुसन्धान विभाग नेपालगन्जमा बुझाइने प्रहरी निरीक्षक साउदले बताए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।