बेस्ट फाइनान्सको २६औँ साधारणसभा

सोमबार, १ जेठ, २०८०
डिजिटल संस्करण

 बेस्ट फाइनान्स कम्पनी लिमिटेडले आव ०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ । फाइनान्सका अध्यक्ष खिमलाल पौडेलको अध्यक्षतामा भएको २६औँ वार्षिक साधारणसभा आव ०७९/८० का लागि बाह्य लेखापरीक्षक नियुक्तिको प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।  

साधारणसभामा सेयरधनीले राखेका प्रश्न एवं जिज्ञासाको अध्यक्ष पौडेलले जवाफ दिएका थिए । प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले संंस्थाको भावी योजनाबारे जानकारी गराएका थिए । हाल संस्थाका १८ वटा शाखामार्फत बंैकिङ सेवा सञ्चालन गरिरहेको तथा आगामी वर्षमा थप शाखा विस्तार गर्दै लैजाने योजना रहेको जनाएको छ ।

सुझावित समाचार