नक्कली शरणार्थी प्रकरण : प्रहरीलाई फूल दिएर नागरिक सडकमा

शनिबार, ३० बैशाख, २०८०
डिजिटल संस्करण

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’कै संलग्नता देखिएपछि नागरिक स्वस्फूर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिएका छन्। 

प्रहरी अनुसन्धानमा दबाब र प्रभाव हुन नदिन खबरदारीका लागि शनिबार काठमाडौंको माइतीघर र नक्सालस्थित नारायणचौर प्रदर्शन भएको छ।

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीले खुट्टा नकमाऊन् भनेर नारायणचौरको प्रदर्शनमा नागरिकले फूलसहित धन्यवाद ज्ञापन गर्दै निष्पक्ष रूपमा अनुसन्धानलाई निचोडमा पुर्‍याउन शुभकामना दिएका छन्।

सुझावित समाचार