कुमारीले गर्‍यो १० लाखको दुर्घटना बिमा भुक्तानी

बिहिबार, २८ बैशाख, २०८०
डिजिटल संस्करण

 कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । खातावालाको परिवारको तर्फबाट हेमु खत्री भण्डारीलाई रकम हस्तान्तरण गरेको हो । उक्त रकम बैंकको नेपालगन्ज शाखाबाट हस्तान्तरण गरिएको हो ।

‘कुमारी परिवार सुरक्षा बचत खाता’अन्तर्गत खातावालसहित परिवारका चार सदस्यले २६ लाख रुपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सो खातामा दुर्घटना मृत्यु, चिकित्सा उपचार र गम्भीर रोगका लागि बिमा सुविधासमेत रहेको बताइएको छ । बैंकले देशभरका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटिएम तथा ६२ शाखारहित बैंकिङ एकाइमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सुझावित समाचार