नबिल बैंकले ल्यायो आकर्षक सुविधासहित ‘नबिल ढुक्क बचत खाता’

सोमबार, २५ बैशाख, २०८०
डिजिटल संस्करण

नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ। उच्चतम ब्याजदर र तीनवटा बिमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ।

यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बिमाबापत एक लाख रुपैयाँ, दुर्घटना बिमाबापत १० लाख रुपैयाँ र प्राणघातक रोग बिमाबापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन्।

त्यसैगरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ। महिनामा पाँच पटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ।

नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको बैंकले जनाएको छ। साथै लक्करको सुविधा पनि रहेको यस खातामा लक्कर पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। 

७.४० प्रतिशतको  उच्च ब्याजदरसमेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागि ग्राहकले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्नेछ।

सुझावित समाचार