भारतमा फाइटर विमान दुर्घटना हुँदा तीनको मृत्यु, तीन घाइते

सोमबार, २५ बैशाख, २०८०
डिजिटल संस्करण

राजस्थानको हनुमानगढमा वायुसेनाको विमान मिग– २१ दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। 

उक्त विमान घरमाथि खस्दा उक्त घरमा बस्ने तीनजना महिलाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु हुने ४५ वर्षीया बसोकौर, ६० वर्षीया बन्तो र ५५ वर्षीया लीलादेवी छन्। 

प्यारासुटको मद्दतले पाइलट राहुल अरोडा भने सुरक्षित रहेको बताइएको छ। उनी सामान्य घाइते भएका छन्। उपचारका लागि उनलाई सुरतगढ लगिएको छ। विमान खसेको घर र वरपरका केही घरमा क्षति पुगेको छ। उक्त विमान तालिमका क्रम रहेको बताइएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको छ। 
 

सुझावित समाचार