बुधबार आलिसानमा यश कुमारको कन्सर्ट

सोमबार, २५ बैशाख, २०८०
डिजिटल संस्करण

गायक तथा अभिनेता यशकुमार कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा गुन्जिने भएका छन्। बुधबार राति ब्यान्डसहित उनको लाइभ कन्सर्ट तय भएको हो।

साँझ ७ बजेबाट ‘डुअर ओपन’ हुने कन्सर्टमा यशले ब्यान्डसहित आफ्ना चर्चित नयाँ–पुराना गीतहरू गाउने तयारी रहेको आलिसानका सञ्चालक राम थापाले जानकारी दिए।

कन्सर्टमा यशले म कहिले हाँसेको थिएँ, तिम्रो मन बदलिएछ, बिरानो यो मन्दिरमा, हिजो अर्कैसँग देखेँ, म आफ्नै इनार बनाउँछु, तिमीलाई कुनै पललगायत आफ्नो चर्चित गीतहरू गाएर दर्शक झुमाउने कार्यक्रम छ। 

कन्सर्टमा आलिसान ब्यान्डले प्रारम्भिक प्रस्तुति दिने तय छ। त्यसपछि मात्रै यश स्टेजमा उक्लिनेछन्।

सुझावित समाचार