आजबाट काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार व्यवस्थापन सुरु हुने भएको छ । महानगर प्रहरी बलका प्रमुखको कार्यकक्षमा साझेदारबीच आइतबार भएको छलफलबाट सोमबारबाट तार व्यवस्थापन थालिएको हो । पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्युरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरेको छ । सोमबार माइतीघर र न्युरोड क्षेत्रमा देखिएका दृश्य :









