घुससहित नेपाल प्रहरीका लेखापाल पक्राउ

शुक्रबार, २२ बैशाख, २०८०
डिजिटल संस्करण

भवन निर्माणसम्बन्धी भुक्तानीका लागि घुस लिने नेपाल प्रहरीका नायब निरीक्षक विनोद विष्ट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापाल पदमा कार्यरत रहेका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बानेश्वरको हंगर हव रेस्टुरेन्टबाट पक्राउ गरेको हो।

५० हजार नगद र एक लाख ५० हजारको चेकसहित उनी पक्राउ परेका आयोगले जनाएको छ। प्रहरीको भवन निर्माणको म्याद थप तथा भुक्तानीका लागि सहजीकरण गर्ने भन्दै उनले घुस लिएका हुन्।

सुझावित समाचार