धेरैपछि दाेहाेराे अंकले बढ्याे नेप्से

बिहिबार, २१ बैशाख, २०८०
डिजिटल संस्करण

यो हप्ता लगातार ओरालो लागेको सेयर बजार आज कारोबारको अन्तिम दिन दोहोरो अंकले बढेको छ। 

सेयर बजार परिसूचक नेप्से आज १२.७३ अंकले बढेर १८६९.७३ विन्दुमा उक्लिएको छ। आज सबै समूहको सेयर भाउ उकालो लागेको छ। बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ। 

हिजो बुधबार ६२ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७६ वटा कम्पनीका २५ लाख ३३ हजार कित्ता सेयर ७३ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्टको दुई करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

आज लक्ष्मी लघुवित्तको सेयर नौ प्रतिशतभन्दा धेरै तथा सयपत्री जलविद्युत् र आत्मनिर्भर लघुवित्त कम्पनीको सेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ।

सुझावित समाचार