११८ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झड्का

मंगलबार, १९ बैशाख, २०८०
डिजिटल संस्करण
११८ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झड्का

कुशल भुर्तेलकाे विकेट लिएपछि खुसी मनाउँदै युएइका राेहन मुस्तफा । तस्बिर : ज्ञानेन्द्र मल्ल/नयाँ पत्रिका

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि उचाल्न एक सय १८ रनको लक्ष्य पछ्याएको नेपाललाई दोस्रो ओभरमै पहिलो झड्का लागेको छ । 

आठ बलको सामना गरेका ओपनर कुशल भुर्तेल एक रन बनाएर रोहन मुस्तफाको बलमा आउट भएका छन् । 

रोहनको बललाई स्विप सट खेल्ने क्रममा भुर्तेल एलबिडब्लू धरापमा परे । युएईले आज दुवै इन्डबाट स्पिनर लगाएको छ । वर्षाका कारण ओस भएको पिचमा बल निकै टर्न भइरहेको छ भने उचाइ पनि प्राप्त गरिरहेको छ । त्यसैले ब्याटरलाई खेल्न मुस्किल देखिएको छ ।

सुझावित समाचार