एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि उचाल्न नेपालले ११८ रनको लक्ष्य पाएको छ ।
वर्षाका कारण हिजो खेल सम्पन्न हुन नसकेपछि आज रिजर्भ डेमा युएईले थप ११ रन बनाउँदा अन्तिम विकेट गुमाएपछि नेपालले ११८ रनको लक्ष्य पाएको हो ।
त्रिवि खेलमैदानमा जारी खेलमा ललित राजवंशीले युएईको अन्तिम विकेट लिए । निकै कसिलो बलिङ गरेका ललितको नाममा यो चौथो विकेट थियो ।
हिजो नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएई ३३.१ ओभरमा ११७ रनको अवस्थामा अलआउट भयो ।