एसिसी प्रिमियर कपको बाँकी खेल सुरु

मंगलबार, १९ बैशाख, २०८०
डिजिटल संस्करण

एसिसी प्रिमियर कपको बाँकी  खेल  सुरु भएको छ ।  सोमबार वर्षाले खेल आधामै रोकिएपछि बाँकी खेल अहिले नाै बजेबाट सुरु भएको हो ।

घरेलु टोली नेपाल र युएईले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । तर, पहिलो ब्याटिङको क्रममा इनिङ्सको २७.३ ओभरपछि खेल रोकिएको थियो । 

वर्षाका कारण खेल अगाडि बढाउन नसकिएपछि फिल्ड अम्पायर विनोद बाबु र राहत अलीले दिउँसो ३ बजेपछि नेपाल र युएईबीचको फाइनल खेल रिजर्भ डेमा गर्ने निर्णय गरे । खेल रोकिँदा टस हारी पहिलो ब्याटिङ गरेको युएईले आज १०६–९ को स्थितिबाट खेल सुरु भएको छ । 

सुझावित समाचार