पोल्ट्री व्यवसायीले खोले ‘नेपाल एग ट्रेडिङ’

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण

पोल्ट्री व्यवसायीहरूको संगठनले नेपाल एग ट्रेडिङ प्रालि सञ्चालनमा ल्याएका छन् । व्यवसायीहरूले बिहीबार एक कार्यक्रम गर्दै विभिन्न ठाउँमा छरिएका पोल्ट्री किसानहरूको समस्या समाधान गर्ने थलोका रूपमा एग ट्रेडिङ सञ्चालनमा ल्याइएको हो । 

पछिल्लो समय लेयर्स कुखुरापालन संकटमा परेर अर्बौँ लगानी  डुब्ने अवस्था आएको, अन्डामा राज्यलाई आत्मनिर्भर बनाउन तथा व्यवसायीलाई थप मर्यादित बनाउन ट्रेडिङ सञ्चालनमा ल्याइएको नेपाल एग ट्रेडिङका अध्यक्ष शोभाकान्त ढकालले जानकारी दिए ।

उनले भने, ‘कोरोना भाइरस र आर्थिक मन्दीले पोल्ट्री व्यवसाय निकै संकटमा परेको, उत्पादन घटेको अवस्थामा  पुनः पहिलेकै अवस्थामा फर्काउन प्रयत्न रहनेछ ।’

पछिल्लो समय दैनिक अन्डा उत्पादन ५५ लाखबाट ३५ लाखमा झरेको व्यवसायीको भनाइ छ । व्यवसायीहरूका अनुसार यस क्षेत्रमा एक अर्ब ६० रुपैयाँको लगानी छ । पाँच लाखजना प्रत्यक्ष–अप्रत्यक्ष रोजगारमा आबद्ध रहेका छन् ।
 

सुझावित समाचार