एसिसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतविरुद्ध नेपालको आठौँ विकेट गएको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा रोहित पौडेल एक्लैले ९४ रनको योगदान गरे।
९५ बल खेलेका पौडेलले ७ चौका र ३ छक्का प्रहार गरे। यसैगरी, कुशल मल्लले ५७, कुशल भुर्तेल ४३, आसिफ सेख ३१ र आरिफ सेखले १९ रनको योगदान गरे।