तस्बिरमा काठमाडौंका पार्क (फोटोफिचर)

शनिबार, १६ बैशाख, २०८०
डिजिटल संस्करण
तस्बिरमा काठमाडौंका पार्क (फोटोफिचर)

तस्बिर : न्युज एजेन्सी

धुलोधुँवा भिडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं सहर घुम्दा यस्तै लाग्छ । तर, काठमाडौंमा थोरै भए पनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् । २०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेको छ ।

सरकारी र निजी क्षेत्र सहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको पनि छ । भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन् ।

लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन् । आजको फोटो फिचरमा काठमाडौं उपत्यकाका पार्कहरू :

See More On

सुझावित समाचार