लुम्बिनीमा मुख्यमन्त्रीसहित चारजनाले शपथ लिँदै

शुक्रबार, १५ बैशाख, २०८०
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित चारजनाले शपथग्रहण गर्ने भएका छन्।

आज मुख्यमन्त्री कांग्रेसका डिल्लीबहादुर चौधरीसहित माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे मन्त्री बन्दै छन्। उनीहरूको मन्त्रालय भने टुंगिएको छैन। 

मास्की दाङ क्षेत्र नं. ३ (२)बाट निर्वाचित तथा जनयुद्धका डिभिजन कमान्डर हुन्। चारैजनाले १२ बजे शपथग्रहण गर्ने कार्यक्रम छ।

सुझावित समाचार