राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरूको मनोनयन गरेको छ।
राष्ट्रिय सभाको बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा तीनजना राष्ट्रिय सभा सदस्यलाई मनोनयन गरेको हो।
सदस्यमा कांग्रेसबाट रमेशजंग रायमाझी, माओवादीबाट जगप्रसाद शर्मा, र एमालेबाट देवेन्द्र दाहाल मनोनीत भएका हुन्।
संघीय संसदको संयुक्त रहेको सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट तीनजना सदस्य रहने व्यवस्था छ। दलहरूले नाम नदिँदा प्रतिनिधिसभाले सदस्य मनोनित गर्न सकेको छैन।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा यी तीन सदस्यहरूलाई मनोनयन गरेको जानकारी बैठकमा गराएका थिए। बैठकले सर्वसम्मत रूपमा सहमति जनाएको थियो।