आज मनमोहन अधिकारीकाे स्मृति दिवस

बुधबार, १३ बैशाख, २०८०
डिजिटल संस्करण

आज मनमोहन अधिकारीको २४औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अधिकारीको २४औँ स्मृति दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनको सालिकमा माल्यार्पण गरेका छन् ।

२४औँ स्मृति दिवसको अवसरमा बुधबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा पुगेर उनले माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेका छन् । सो अवसरमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।

अधिकारी दक्षिण एसियाकै प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष थिए । नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको ०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो । 

सुझावित समाचार