फ्लाई दुबईको लेफ्ट इन्जिनमा आगलागी

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण
फ्लाई दुबईको लेफ्ट इन्जिनमा आगलागी

लेफ्ट इञ्जिनमा आगलागी भएको फ्लाइ दुबईकाे विमान काठमाडाैंकाे अाकाशबाट ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडिरहेको फ्लाई दुबईको जहाजमा आगलागी भएको छ । 

जहाजको लेफ्ट इन्जिनमा आगलागी भएको पाइलटले टावरलाई जानकारी गराएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । 
लेफ्ट इन्जिनमा आगलागी भएपछि पाइलटले सो इन्जिन अफ गरेर एउटा मात्र इन्जिनले जहाज उडाइरहेका छन् । 

काठमाडौंबाट उडेको जहाज २० हजार फिटमाथि धार्केको आकाशमा पुगेको थियो । जहाजलाई त्रिभुवन विमानस्थलमा अवतरण गराउनका लागि पहल भइरहेको छ ।
जहाज अवतरण गर्न दक्षिण मोडेर गुराँसे डाँडा भएर त्रिभुवन विमानस्थलमा ल्याउनुपर्छ ।

रातिमा भिएफआर उडान सम्भव नभएको हुँदा आइएफआर उडानका लागि गुराँसे डाडाँतर्फ जहाजलाई लैजानुपर्ने उनको भनाइ छ ।

सुझावित समाचार