बारामा कडा टक्कर, फेरि उपेन्द्र अघि

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा र जनता समाजवदीका उपेन्द्र यादवबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

पछिल्लो मतपरिणामअनुसार उपेन्द्रले १३९० मत ल्याउँदा शिवचन्द्रले १३०१ मत ल्याएका छन्। यसअघि ‘लिड’ लिइरहेका शिवचन्द्र ३८१० मत गणना हुँदा ८९ मत मात्रैले पछि छन्।

एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ६२९ मत ल्याउँदा  रास्वपाका रमेश खरेलले २५९ मत पाएका छन्।

सुझावित समाचार