बारा २ मा पनि आज मतगणना नहुने, भोलि बिहान ६ बजे सर्वदलीय बैठक

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को मतगणना भोलिबाट सुरु हुने भएको छ । 

आज बसेको सर्वदलीय बैठकले भोलि बिहान ६ बजे सर्वदलीय बैठक बसेर मतगणनासम्बन्धमा निर्णय गर्ने सहमति गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । 

प्रजिअ सापकोटाले आजको सर्वदलीय बैठकमा सबै उम्मेदवार उपस्थिति नभएपछि मतगणना सुरु नभएको जानकारी दिए । 

कलैया उपमहानगरपालिका वडा नम्बर ३ को गंगानगरस्थित शैक्षिक तालिम केन्द्रमा मतगणनास्थल बनाइएको छ ।

सुरक्षाका लागि मतगणनास्थलको भित्री भागमा तारजाली लगाइनुका साथै सिसिटिभी जडान गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए ।

See More On

सुझावित समाचार