प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु गर्नुअघि सर्वदलीय बैठक बसिरहेको छ ।
उपनिर्वाचनको क्रममा आज सम्पन्न मतदानपछि सबै मतपेटिका संकलन भइसकेका छन् ।
मतपेटिकाहरू चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा राखिएको छ । मतगणना त्यहीँ गर्ने तयारी भएको छ । यसअघि गत ४ मंसिरमा भएको निर्वाचनका वेला पनि भरतपुर १० मा रहेको संघको प्रदर्शनी केन्द्रमा नै मतगणना भएको थियो ।
मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सम्बन्धमा आवश्यक निर्णय गरिने जानकारी दिए । उनले आजै रातिबाट गणना सुरु हुने बताए ।

गणनास्थलको सुरक्षाका लागि सिसिक्यामरा जडान गरिएको छ भने तारजालीकोसमेत व्यवस्था गरिएको छ । मतगणना स्थलमा १२ वटा सिसिक्यामेरा जडान गरिएको छ ।