४ बजेसम्म कहाँ कति मत खस्यो ?

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

उपनिर्वाचनअन्तर्गत बारा, चितवन र तनहुँमा भइरहेको मतदानमा साँझ ४ बजेसम्म सरदर ५० प्रतिशत मत खसेको छ। 

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बारा २ मा ५० प्रतिशत र चितवन २ मा ५४ प्रतिशत मत खसेको छ। 

तनहुँ १ बाट खटिएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएको जानकारीअनुसार यहाँ ४८ प्रतिशत मत खसेको छ। मतदान शान्तिपूर्ण भए पनि मत कम खसेको मतदान केन्द्रको अवलोकनमा रहेका प्रवक्ता पौडेलले बताए।

सुझावित समाचार