सेयर बजारमा दोहोरो अंकको गिरावट

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट देखिएको छ। कारोबारको पहिलो दिन आज नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५. ६० विन्दुमा झरेकाे हो।

आज दुई सय ६५ कम्पनीका २७ लाख ३४ हजार तीन सय सात कित्ता सेयर किनबेच हुँदा ८२ करोड ८५ लाख ३४ हजारबराबरको कारोबार भएको छ। आज होटेल तथा पर्यटन समूहको सेयर सामान्य अंकले बढे पनि बाँकी सबै समूहको उपसूचक घटेको छ।

समग्र सेयर बजार घटे पनि यस दिन सनराइज ब्लुचिप फन्ड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ भने सनराइज फोकस्ड इक्विटी फन्डको सेयर १० प्रतिशतले घटेको छ। 

आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको तीन करोड ११ लाख ९५ हजारबराबरको  खरिद–बिक्री भएको छ। 

सुझावित समाचार