सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय अपांग कोषलाई रु. पाँच लाख रकम सहयोग गरेको छ। कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा अपांगता भएकालाई सेवा पुर्याउने उद्देश्यले सिटी एक्सप्रेसले उक्त रकम सहयोग गरेको हो।
०३९ सालदेखि सञ्चालित राष्ट्रिय अपांग कोषले देशभर रहेका अपांगता भएका व्यक्तिको अपांगता पुनर्स्थापनाका साथै चौतर्फी विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी समाजका लागि कार्य गर्दै आएको छ।
कोषले वार्षिक अपांगता भएका एक हजार पाँच सय व्यक्तिका लागि कृत्रिम हातखुट्टा, क्यालिफर, बैसाखी, सेतोछडी, वाकिङ स्टिक, अर्थाेपेडिक जुत्तालगायतका सामग्री उत्पादन एवं वितरणमा सहयोग गर्दै आएको छ।