दाङमा ट्रकको ठक्करबाट दुईको मृत्यु

सोमबार, ४ बैशाख, २०८०
डिजिटल संस्करण

दाङमा ट्रकको ठक्करबाट दुईजनाको मृत्यु भएको छ।भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको लु.२ख ३८१ नम्बरको ट्रकले घोराही उपमहानगरपालिका– ११ खैरानजिकै लु.७३प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा घोराही– ११ खैरानिवासी २६ वर्षका सन्देश बस्नेत र १७ वर्षका गोपाल विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन गौतमले जानकारी दिए। 

एकैतिरबाट गइरहेको ट्रकलाई मोटरसाइकलले उछिन्न खोज्दा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। ट्रकचालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। रासस 
 

See More On

सुझावित समाचार