नबिल बैंकका सिइओ ढुंगाना सम्मानित

सोमबार, ४ बैशाख, २०८०
डिजिटल संस्करण

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित भएका छन् । ढुंगानाले लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवाश्री’मार्फत सम्मान 
गरेका हुन् । 

ढुंगानालाई संविधान दिवसको अवसरमा घोषणा गरिएको पदक नयाँ वर्षमा प्रदान गरिएको हो । राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्याउने विदेशी नागरिकलाई यो विभूषण दिइने बैंकले जनाएको छ ।

बैंकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुंगानाले नेपाल बंगलादेश बैंकमा १० वर्ष सिइओको जिम्मेवारी बहन गरेको जनाइएको छ । त्यसअघि उनी नेपाल क्रेडिट एन्ड कमर्स बैंकका महाप्रबन्धक थिए । राष्ट्र बैंकको निर्देशक पद छाडेर ढुंगाना निजी बैंकमा काम गर्न आएको जनाइएको छ । भारतमा चार्टर्ड एकाउन्टेन्सी गरेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेको बैंकले जनाएको छ । 

सुझावित समाचार