उपभोक्ता मुद्रास्फीति कसरी मापन गरिन्छ ?

सोमबार, ४ बैशाख, २०८०
डिजिटल संस्करण

नेपालमा उपभोक्ता मूल्य सूचकांक गणना गर्न पाँचौँ बजेट सर्वेक्षणको आधारमा पहिचान गरिएका ४९६ वटा वस्तु तथा सेवाहरू समावेश गरी वस्तु तथा सेवाको डालो (सिपिआई बास्केट) निर्धारण गरेको छ ।

देशभरिका ६० वटा बजार केन्द्रबाट यी वस्तु तथा सेवाको साप्ताहिक, मासिक र त्रैमासिक रुपमा मूल्य संकलन गरी उपभोक्ता मूल्य सूचकांक तयार गरिन्छ । यसरी प्राप्त उपभोक्ता मूल्य सूचकांकमा आएको वार्षिक बिन्दुगत परिवर्तनको दरलाई नै मुद्रास्फीति भन्ने गरिन्छ ।

पाँचौँ बजेट सर्वेक्षणको आधारमा नेपालका घर परिवारले अधिकतम उपभोग गर्ने ४९६ वटा वस्तु तथा सेवाको पहिचान गरिएको छ । आर्थिक वर्ष २०७१–७२ लाई आधार वर्षको रूपमा मानी ती वस्तु तथा सेवाको नियमित मूल्य संकलन गरी उपभोक्ता मूल्य सूचकांक तयार गरिन्छ ।

 छानिएका वस्तु तथा सेवालाई खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा सेवा समूह गरी दुई वटा समूहमा विभाजन गरिएको छ । खाद्य तथा पेय पदार्थको भारांक ४३.९१ प्रतिशत रहेको छ भने यसअन्तर्गत १३ उपसमूहहरू रहेका छन् । यसै गरी, गैरखाद्य तथा सेवा समूहको भारांक ५६.०९ प्रतिशत र नौ उपसमूह रहेका छन् ।
– नेपाल राष्ट्र बैंक 

सुझावित समाचार