साढे पाँच वर्षमा पाँच लाख नेक्सन बिक्री

आइतबार, ३ बैशाख, २०८०
डिजिटल संस्करण

टाटा मोटर्सले भारतीय बजारमा पाँच लाखवटा नेक्सन बिक्री गरेको छ । कम्पनीको पुनास्थित रन्जनगाव म्यानुफ्याक्चरिङ युनिटमा निर्मित गाडी सन् २०१७ बाट बजारमा ल्याइएको हो ।

पाँच लाखमध्ये पछिल्लो सात महिनामा मात्रै एक लाख बिक्री भएको कम्पनीले जनाएको छ । नेक्सन १२ सय सिसीको रेभोट्रन पेट्रोल इन्जिन र १५ सय सिसीको रेभोटर्क डिजेल इन्जिन उपलब्ध छन् ।

पहिलो प्रकारमा १२० हर्सपावर एवं १७० एनएमको ‘पिक टर्क’को क्षमता छ भने दोस्रो प्रकारमा १२० हर्सपावरको शक्ति एवं १७० एनएमको ‘पिक टर्क’को क्षमता छ । दुवैमा म्यानुएल ट्रान्समिसन स्ट्यान्डर्डका रूपमा र सिक्स स्पिड एटिएमका रूपमा रहेको छ । सुरक्षाका लागि नेक्सनले ग्लोबल एनसिएपीद्वारा पाँचतारे गाडीको मान्यता प्राप्त गरेको छ ।               

See More On

सुझावित समाचार