प्रकाशकीय : ‘नयाँ पत्रिका’ १७ वर्ष प्रवेश

शुक्रबार, १ बैशाख, २०८०
डिजिटल संस्करण

नयाँ वर्ष २०८० को शुभबिहानीसँगै ‘नयाँ पत्रिका’ पनि १७ वर्ष प्रवेश गरेको छ । यो लामो यात्रामा निरन्तर साथ र सहयोगका लागि हामी आदरणीय पाठक, वितरक, विज्ञापनदाता र शुभेच्छुकहरूप्रति आभार प्रकट गर्दछौँ । 

सूचना–प्रविधिको विकाससँगै सामाजिक सञ्जालको उछालले छापा पत्रकारिताको विस्तारमा पक्कै चुनौती थपेको छ । तर, सत्य र झुट तथा सत्य र भ्रमको सीमा पनि एकदमै साँघुरिएको छ । समाचारको प्रामाणिकता र प्रशोधनका लागि अहिले पनि छापा पत्रकारिताको विकल्प तयार भइसकेको छैन । हामीले आफ्नो जमिन त्यहीँ देखेका छौँ ।

आदरणीय पाठकवर्गलाई थाहै छ, ‘नयाँ पत्रिका’ हाम्रो छापा पत्रकारितामा समाचारदेखि फिचर र विचारसम्म सबैभन्दा धेरै प्रयोग गरेको पत्रिका हो । रचनात्मक प्रयोगको हाम्रो प्रयास निरन्तर जारी रहनेछ । यहाँहरूबाट पनि आजसम्मको प्रेम र सद्भावले निरन्तरता पाउनेमा आशावादी छौँ । नयाँ वर्ष २०८० ले राष्ट्र र समस्त नेपालीमा सुख, शान्ति र सुस्वास्थ्य ल्याओस्, यही हाम्रो शुभकामना छ ।

सुझावित समाचार