आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले वालेट–टु–वालेट ट्रान्सफरलाई प्राथमिकता दिँदै ‘तिमीलाई पनि, मलाई पनि’ नामक अफर सार्वजनिक गरेको छ।
०७९ चैत २९ देखि ०८० भदाै २६ (अप्रिल १२ देखि सेप्टेम्बर १२)सम्म चल्ने सो अफरमा ग्राहकले आइएमई पेमा वालेट–टु–वालेट ट्रान्सफर अर्थात् आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच हेयलोउ आरटी एलएस ०५५ जित्ने मौका पाउनेछन् ।
पाँच महिनासम्म चल्ने अफरमा प्रत्येक महिनाको अन्त्यमा दुईजना भाग्यशाली विजेता छनाेट गरिनेछ। यस अफरअन्तर्गत पैसा पठाउने ग्राहक वर्गबाट एकजना तथा पैसा पाउने ग्राहक वर्गबाट एकजना विजेता गोलाप्रथाबाट छानिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ग्राहक वर्गमा वालेट–टु–वालेट ट्रान्सफर (पिटुपी) सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका साथै ग्राहकहरूलाई विद्युतीय भुक्तानी माध्यममार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरिएको हो ।