पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ साधारणसभाबाट कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन्।
एसोसिएटतर्फबाट उनी महासंघको सदस्य निर्वाचित भएका हुन्। यसअघि उनले महासंघको उद्योग प्रवर्द्धन समिति, अन्तर्राष्ट्रिय लगानी तथा प्रवर्द्धन समितिमा रहेर काम गरिसकेका छन्।
उनको विभिन्न सामाजिक संस्थाहरू चाइल्डरिच नेपालका पूर्वबोर्ड अध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यापारिक संस्था वाइपिओको निर्वतमान अध्यक्ष तथा बोर्ड सदस्यलगायत संस्थामा आबद्धता छ।