मेगा क्यापिटलको २०: ८० लगानी व्यवस्थापन सेवा सुरु

बिहिबार, ३० चैत, २०७९
डिजिटल संस्करण

नयाँ वर्ष  ०८० को अवसर पारेर मेगा क्यापिटल मार्केट्स लिमिटेडले २०:८० लगानी व्यवस्थापन सेवा सुरु गरेको छ ।कम्पनीले ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्यमान मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदरभन्दा बढी नाफा भएको खण्डमा मात्र बढी नाफाको २० प्रतिशत नाफा साझेदारी मेगा क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवाशुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने सेवा सुरु गरेको हो । 

न्यून जोखिम आय उपकरणमा प्राप्त हुने आम्दानीसम्ममा सेवाशुल्क नलाग्ने हुनाले ग्राहकले न्यून लागतमा व्यावसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा सेयर बजारतर्फ लगानी प्रारम्भ गर्न मद्दत पुर्याउने क्यापिटलले आशा व्यक्त गरेको छ । न्यूनतम तीन लाख रुपैयाँ नगद वा सेयर हस्तान्तरण गरेर उक्त सेवा न्यूनतम एक वर्षका लागि लिन सकिने जनाइएको छ । उक्त सेवा ०८० वैशाख महिनाभरिका लागि मात्र लागू हुने र अपेक्षित प्रतिफल १५ देखि २० प्रतिशत हुने कम्पनीको अनुमान छ । 

लगानी व्यवस्थापन सेवा प्रदायक कम्पनीमध्ये छोटो समयमा मेगा क्यापिटलले गुणात्मक र परिमाणात्मक हिसाबले आफूलाई अब्बल साबित गर्न सफल भएको दाबी गरेको छ । आफूले सेयर बजारमा लगानी गर्ने इच्छा हुँदाहुँदै पनि पर्याप्त समय दिन असमर्थ वा सेयर बजारसम्बन्धी जानकारी तथा अनुभव नभए तापनि विशेषज्ञबाट व्यावसायिक तवरले लगानी व्यवस्थापन सेवा लिन सकिने कम्पनीको भनाइ छ । 

सुझावित समाचार