उद्योग वाणिज्य महासंघको मतदान सकियो

बुधबार, २९ चैत, २०७९
डिजिटल संस्करण

नयाँ कार्यसमिति चयनका लागि भएको नेपाल उद्योग वाणिज्य महासंघको मतदान सम्पन्न भएको छ। कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको भवनमा बिहान ८ बजेदेखि मतदान सुरु भएको थियो।

वस्तुगत र जिल्ला–नगर उद्योग वाणिज्य संघतर्फ पूरै मत खसेको छ। जिल्ला–नगरमा ११७, वस्तुगतमा १२३ र एसोसिएटमा एक हजार ६३७ मत खसेको छ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले चन्द्रप्रसाद ढकाल अध्यक्ष हुँदै छन् । वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरूमा उद्यमी–व्यवसायीहरूबीच प्रतिस्पर्धा भएको हो। मतगणना बेलुकी ८ बजेबाट सुरु हुने बताइएको छ।

सुझावित समाचार