धेरैपछि सेयर बजारमा हरियाली, कारोबार रकममा भएन सुधार

मंगलबार, २८ चैत, २०७९
डिजिटल संस्करण

धेरैपछि सेयर बजारमा हरियाली छाएको छ। आज सेयर बजार परिसूचक नेप्से २७.३१ अंकले बढेर १८७१. ३४ विन्दुमा उक्लिएको छ। 

आज सबै समूहको सेयर बढेकोमा उत्पादन, बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले बढेको छ। बजार दोहोरो अंकले बढे पनि कारोबार रकममा भने सुधार देखिएको छैन। 

आज दुई सय ६२ वटा कम्पनीका ३३ लाख १५ हजार कित्ता सेयर किनबेच हुँदा ९४ करोड ५२ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ भने कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको सेयर १० प्रतिशत र आदर्श लघुवित्तको सेयर साढे नौ प्रतिशतले बढेको छ।

सुझावित समाचार