कर्णालीमा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

सोमबार, २७ चैत, २०७९
डिजिटल संस्करण

आइतबार सरकारबाट बाहिरिएको नेकपा (एमाले)ले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन सोमबार फिर्ता लिएको हो। 

एमालेको समर्थनमा माओवादी केन्द्रका राजकुमार शर्मा पुस २७ गते मुख्यमन्त्री बनेका थिए । एमालेले शर्मालाई पहिलोपटक माघ ६ गते र  दोस्रोपटक चैत १७ गते विश्वासको मत दिएको थियो।

एमालेले समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री  शर्माले तेस्रोपटक विश्वासको मत लिनुपर्ने भएको छ। कर्णाली प्रदेशमा एमालेका सभामुखसहित १०, नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एक–एकजना सांसद छन्। 
 

सुझावित समाचार