चीनमा इरान र साउदी अरबबीच उच्चस्तरीय छलफल

बिहिबार, २३ चैत, २०७९
डिजिटल संस्करण

मध्यपूर्वका कट्टर विरोधी मानिने इरान र साउदी अरबबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । सन् २०१६ पछि यी दुई देशबीच चीनमा विदेशमन्त्रीस्तरीय छलफल भएको बिबिसीले जनाएको छ ।

साउदीको अल–एकबारीया टिभीले युवराज फैसल विन फरान अल साउद र हुसेन अमिर–अब्दुल्लाहिएनले एक–अर्कालाई अभिवादन गरिरहेको भिडियो प्रसारण गरेको छ । यसअघि गत महिना चीनमै भएको छलफलपछि यी दुई देश कूटनीतिक सम्बन्ध सुधार गर्न सकारात्मक देखिएका थिए ।

सन् २०१६ मा साउदीले आतंकवादको आरोपमा शिख निम्र अल–निम्रसहित ४६ इरानीलाई मृत्युदण्ड दिएको थियो । त्यसको विरोधमा इरानस्थित राजदूतावासमा आगजनी भएपछि साउदी अरबले कूटनीतिक सम्बन्ध अन्त्य गरेको थियो ।

सुझावित समाचार