नेपालको सबैभन्दा लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आउन लागेको नयाँ वर्ष ०८० को अवसरमा सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादन टिभीदेखि होम अपलायन्सहरूमा नयाँ वर्ष अफर घोषणा गरेको छ।
यो अफर ०८० साल जेठ २ गतेसम्म लागू हुनेछ। यो अफर सामसङको लेटेस्ट रेन्जका टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनका लागि लागू हुनेछ। नयाँ वर्षको यो अफरमा सामसङले आफ्ना कन्जुमर ड्युरेवल्स वस्तुहरूमा ४१ प्रतिशतसम्म क्यासब्याक दिएको छ।
सामसङ टिभी विगत १७ वर्षदेखि विश्वव्यापी रूपमा पहिलाे नम्बरमा छ। कलर भोल्युम १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजीसहितको सामसङ फ्ल्यागसिप क्युएलइदी टिभीहरूमा आकर्षक क्यासब्याक प्रदान गरिएको छ।
साथै, क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुटमा ग्राहकले आफ्नो घर भित्र्याउन सक्छन्। त्यसैगरी, सामसङको स्मार्ट टिभीले भ्वाइस असिस्टेन्स, पिसी र म्युजिक सिस्टमजस्ता सुविधाहरू अनवाइन्ड गर्ने, सिक्ने र अन्वेषण गर्ने अवसरसमेत दिने कम्पनीले जनाएको छ।
यो नयाँ वर्षसँगै ग्राहकले आफ्नो भान्साघरमा पनि नयाँ परिवर्तन ल्याउन सक्छन्। साथै, सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजेरेटरहरू अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ। यस्तै, ३१४ लिटर क्षमताको कर्ड माइस्ट्रो टिएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजेरेटरहरू सबैका लागि उपलब्ध छन्। यसमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ग्राहकले एआई इकोबबल टिएम वासिङमेसिनमा पर्सनलाइज्द लन्द्री एक्सपिरिएन्स प्राप्त गर्न सक्छन् जसमा सजेस्टिभ साइकलहरू उपलब्ध छन् र उनीहरूको आठ केजी, नाै केजी र १२ केजीको भेरियन्टमा २८ प्रतिशतसम्मको ग्यारेन्टी क्यासब्याक उपलब्ध छ। साथै, कन्जुमरहरूले फ्रन्ट लोड वासिङमेसिनमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्, जुन आठ केजी र नाै केजी क्षमता र हाइपजन स्टिम सुविधासमेत रहेको छ।
यो विश्वव्यापी रूपमा पहिलोपटक सामसङले आफ्नो फ्रिजको डिआइटी कम्प्रेसर र वासिङमेसिनको डिआइटी मोटरमा २० वर्षको वारेन्टी उपलब्ध गराएको छ।
कम्पनीका अनुसार जर्मन एसोसिएसन फर इलेक्ट्रिकल, इलेक्ट्रोनिक र सूचना प्रविधिले पनि डिजिटल कम्प्रेसर (फ्रिज)लाई २१ वर्षको विश्वसनीयता प्रमाणपत्र प्रदान गरेको छ। यो प्रमाणीकरण आइएसओ १५५०२ सट्यान्डर्ड प्रयोग गरी सञ्चालन गरिएको इन्टरनल टेस्टिङपछि दिइएको हो।
सामसङले आफ्ना कन्जुमरका लागि चुनिएको वस्तुहरूमा फ्री– इन्स्टलेसन पनि उपलब्ध गराउँछ। यो अफर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्कअन्तर्गत नेपालभर उपलब्ध छ।