ग्लोबल हाइड्रोपावर एसोसिएट्स लिमिटेडले साधारण सेयरको प्रत्याभूति सेवा उपलब्ध गर्न मेगा क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको छ ।
मंगलबार ग्लोबल हाइड्रोपावरका अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटलका कामु सिइओ सुलभ श्रेष्ठ र नेपाल एसबिआईका सिइओ देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ग्लोबल हाइड्रोपावरले ५८ करोड ६० लाख रुपैयाँबराबरको ५८ लाख ६० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको छ ।