इलेक्ट्रोनिक्स ब्रान्ड बेकोले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै ‘नयाँ बर्षको उमंग, मनाऔँ बेकोसँग’ नामक योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत बेको ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वासिङ मेसिन र वासर ड्राएरको खरिदमा ६ केजीको एरिएल म्याटिक वासिङ पाउडर उपहार पाइन्छ भने डिसवासरको खरिदमा दुई प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार पाइन्छ।
सिंगल डोर रेफ्रिजेरेटरमा आइरन, डबल डोर रेफ्रिजेरेटरमा राइस कुकर र मल्टी डोर रेफ्रिजेरेटरमा एअर फ्राएर उपहार पाइन्छ भने कुकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा फ्राई प्यान र एअर कन्डिसनरको खरिदमा रु. ४ हजारबराबरको फ्री इन्सटलेसन पाइन्छ।
उक्त योजना चैत १५ देखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएकाे छ । नेपालमा बेको ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपकाे सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।