नयाँ अर्थमन्त्रीको पहिलो निर्णय : नगद प्रवाहसम्बन्धी समिति गठन गर्ने

शुक्रबार, १७ चैत, २०७९
डिजिटल संस्करण

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले नगद प्रवाह योजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन् ।अर्थमन्त्री महतले पहिलो निर्णयका रुपमा उक्त समिति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गरेका हुन् ।

उनले सरकारको नगद प्रवाहअनुसार हरेक महिना कति आम्दानी भयो ? कति खर्च भयो ? त्यसको स्टेटमेन्ट तयार गर्नुपर्ने बताए । उनले यसमै आधारित रहेर समिति गठन गर्ने निर्णय गरेका हुन् ।

सुझावित समाचार